राजविराज –सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित मेयरकप २०७६ फुटबल प्रतियोगिताको उपाधी रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले हात पारेको छ ।
प्रतियोगिता अन्तर्गत आईतबार सम्पन्न फाईनलमा त्रियुगा स्पोर्टस क्लब फतेपुर सप्तरीलाई टाईब्रेकरमा चारका बिरुद्ध पाँच गोल अन्तरले पाखा लगाउँदै झुम्का सुनसरीले उपाधी हात पारेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलको निधाति समयमा कुनै टीमबाट गोल हुन नकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । प्रतियोगिताको उपाधीसँगै झुम्का सुनसरीले नगद रु ५५ हजार नगद तथा शिल्ड हात परेको छ भने फतेपुर सप्तरीले रु ४५ हजार कपमा चित बुझाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी फतेपुरका सम्युन राई घोषित भएको खेलकुद समितिका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा पुस २७ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न १४ क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिता पश्चात् आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रदेशसभा सदस्य मोहम्मद समिम, शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कविता कुमार चौधरी, प्रमुख प्रशासकीय अधिकृत मातृका दंगाल, आयोजक खेलकुद समितिका अध्यक्ष धनिकलाल चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरे ।







