राजविराज – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।
मोदीसँगको संवादमा कोरोना भाइरस (कोभिड १९) को विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । ’कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दि एका छन ।’ आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्ने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मोदीलाई धन्यवाद दिएको जानकारी दिएका छन् ।
आफ्नो ट्वीटर ह्यान्डलबाट एक सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले शुक्रबार प्रधानमन्त्री ओलीसँग कुराकानी गरी कोरोना भाइरसका कारण उत्पन्न विद्यमान परिस्थितिको बारेमा छलफल गरेको बताएका हुन् ।
मोदीले आफ्नो ट्वीटमा लेखेका छन – ‘आज प्रधानमन्त्री केपी ओलीसँग बोले । हामीले कोभिड १९ का कारण उत्पन्न वर्तमान परिस्थितिको विषयमा छलफल र्गयौं । अहिलको चुनौतीसँग जुझ्न नेपाली जनताले देखाएको कटिवद्धताको म कदर गर्छु । कोभिड १९ विरुद्धको साझा लडाइँमा हामी नेपालसँगै छौं ।’








