नयाँ दिल्ली – भारतमा रहेका शिख समुदायले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्च आयोग अगाडि प्रदर्शन गरेका छन् ।
उनीहरुले पाकिस्तनी जासुसी नियोग आईएसआईका जनरल काउन्सिल गुरुपतवन्त सिंह पन्नुनले खालिस्तानमा हिंसा भड्काएको र सन् २०२० को जनमत संग्रहको अभियान चलाएको भन्दै दूतावासअघि प्रदर्शन गरेका हुन् ।
उक्त प्रदर्शनको नेतृत्व जागो जाग खसारा गुरुवतका अन्तर्राष्ट्रिय प्रमुख मन्जित सिंह जीकेले जनाएका छन् । शिखहरु पाकिस्तानी कुनै पनि एजेण्डालाई साथ नदिने बताएका छन् । शिखविरुद्ध हुने कुनै पनि गतिविधि सहन नसकिने बताएका छन् ।
शिखका लागि न्यायाको माग गर्दै उनीहरुले एक भिडियोसमेत जारी गरेका थिए ।
https://www.indiablooms.com/news-details/N/63186/indian-sikhs-protest-outside-pakistan-embassy-in-new-delhi-against-referendum-2020.html







