एजेन्सी – पाकि्तानो सिन्ध प्रान्तमा पछिल्लो पाँच वर्षमा ३८५ बालबालिकामाथि दुर्व्यवहार भएका घटना दर्ता भएका छन् । जसमा २५२ बालक र १०६ बालिकामाथि दुर्व्यवहार भएको छ ।
सन् २०१४ देखि सन् २०१९ सम्म उक्त प्रान्तमा मात्रै यति धेरै घटनाहरु दर्ता भएका छन् । त्यसैगरी दर्ता नभएका घटनाहरु योभन्दा धेरै भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
सिन्धमा प्रहरीले गरेको पछिल्लो अध्ययनका क्रममा १-५ र १६-१८ वर्ष उमेरका किशोरीहरु बढी जोखिममा भएको बताइएको छ । त्यसैगरी ६-१० र ११-१ वर्षका बालकहरुसमेत बढी जोखिममा भएको बताइएको छ ।
प्रहरीका अनुसार प्रहरीले ३४९ घटना दर्ता गरेका छन् भने उक्त घटनामा संलग्न भएको आरोपमा ४०८ जनालाई नियन्त्रणमा लिइएको थियो ।
त्यसैगरी २५७ जनामाथि कारबाही सुरु गरिएको ७० मुद्दाहरु खारेज गरिएको र १७ वटा घटनाको अनुसन्धान नै सुरु नभएको बताइएको छ ।
सबैभन्द बढी कराची प्रभावित भएको बताइएको छ । जसमा दुर्व्यवहारमा परेकामध्ये ११६ बालबालिकाहरु कराँचीका रहेको बताइएको छ । जसमा ९६ बालक र २० बालिका भएको बताइएको छ ।
जसमा ८६ जनालई प्रहरीले निन्यन्त्रणमा लिएको छ भने ६८ जनाविरुद्ध मुद्दा चलाइएको छ ।
https://www.dawn.com/news/1541169/358-child-abuse-cases-reported-in-last-five-years-across-sindh







