लोकेन्द्र प्रसाद यादव

राजविराज । सप्तरीको बोदे बरसाईन नगरपालिका –८ रजापट्टीमा टि–२० क्रिकेट प्रतियोगिता सुरू भएको छ । स्थानीय जितमाहान बाबा युवा क्रिकेट क्लव रजपट्टीले सञ्चालन गरेको पहिलो नकआउट टि–२० क्रिकेट प्रतियोगिता सुरू भएकोछ ।
एक कार्यक्रम बिच क्रिकेट खेलको उद्घाटन बोदे बरसाईन नगरपालिकाका प्रशासकीय प्रमुख गजेन्द्रनाथ शर्माले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोदे बर्साईन नगरपालिका वडा नम्वर ८ लक्ष्मी साह र ९ नम्बरका तपशी यादव, ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रमुख अरुण सिंह,कार्यपालिका सदस्य श्रीप्रसाद भगत , नगरपालिका खेलकुद समितिका अध्यक्ष कामेश्वर यादव, वडा सदस्य पुरन यादव, शिवनारायण ठाकुर, दिलिप यादव, भिखरी यादव, काचन स्वास्थ प्रमुख कृष्ण महासेठ लगायतको उपस्थिती थियो ।
उक्त प्रतियोगितामा १६ वटा टिम सहभागीता रहेको खेलकुद आयोजक समितिका अध्यक्ष पशुपति यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको