व्यपारीहरुको हितमा काम गर्दै आएका लालु प्रसाद अग्रवाल विगत ३० वर्ष देखी उद्योगी भई सप्तरीको जनतालाई सेवा दिदै आएको छ । उनले लोकतन्त्र स्थापनाको लागि व्यपारी भएर पनि योगदान गरेको देखिन्छ । मधेशी समूदायको हकअधिकारका लागि मधेश आन्दोलनमा अर्थिक सयोग देखी सडक सर्घष सम्मको यात्रा तय गरेको छ । समाजिक क्षेत्रमा योगदान समेत पुर्याएका उनले व्यपारीहरुलाई सेवा, सहयोग गर्न सप्तरी उद्योग बाणिज्य संघको अध्यक्ष पदमा उम्मेदावारी दिएको बताए ।
सप्तरी उद्योग वाणिज्य संघमा अध्यक्षको उम्मेदवारी दिँदै हुनुहुन्छ, के को लागि हो ?
पद भन्दा बाहिर रहेर पनि विगत ३० बर्ष देखी सप्तरी उद्योग बाणिज्य संघमा लागिरहेको छु । त्यही कारणले अहिले व्यापारीहरुको हक र हितको लागि लाग्दै आइरहेको छु त्यसैले यो पटक अध्यक्ष भएर काम गर्न पाएदेखि व्यपारीहरुलाई सेवा, सहयोग गर्न सकिन्छ भनेर उम्मेदवारी दिएको हुँ ।
एजेण्डाहरु के–के छन् ?
मेरो समूहको मुख्य एजेण्डा भनेको व्यापारी वर्गहरुलाई कर कार्यालय, गुणस्तर विभाग, खाद्य विभागहरुसँग समन्वय गरेर फेस टु फेस कुरा गराउने, यिनीहरु आयो भने डराएर पसल थुन्ने जस्ता कार्य हुँदा त्यो नगराउने हेतुले उनीहरुलाई फेस टु फेस कुरा गराएर सक्षम बनाउने हो ।
व्यवसायीहरुको हितका लागि कस्ता खालका योजनाहरु ल्याउनुभएको छ ?
अहिले व्यापारीले आफ्नो दक्षता अनुसार सबैले काम गरिरहेका छन् । म पनि विगत ३० औं वर्षदेखि व्यापार गर्दै आइरहेको हुँदा देश विदेशसम्मका सबै बिषयहरु हाम्रो टिमलाई थाहा छ । कोहि फोटो ब्यबसायी छन्, कोही किराना व्यवसायी कोही कपडा लगात अन्य ब्यवसाय गरेर विभिन्न वर्गका साथीहरु हाम्रो टिममा हुनुहुन्छ । यसमा के हुन्छ भन्दा १ गाडि माल २० बोरा माल लिँदा रेट फरक पर्छ । यसको लागि हामी सबै व्यापारीहरुले एकाधिकार ग¥यो भने रेट फरक हुन्छ । हामीलाई सस्तोमा प¥यो भने हामीले पनि सस्तोमै बेच्न सक्छौं । होलसेललाई पनि २ पैसा सस्तो हुन्छ । अर्को भनेको व्यापारीहरुलाई पर्ने विभिन्न समस्या जस्तो राजश्वदेखि लिएर अन्य समस्याहरुलाई समाधान गर्नेमा हामी लागेका छौं ,भबिष्यमा झनै लाग्नेछौं ।
जिल्लामा लगानीको वातावरण बनाउन तपाईंको भूमिका के हुन्छ ?
बाहिरबाट आउने लगानी हो । सप्तरी जिल्लामा त्यति आएको छैन । हाम्रो जिल्लामा अग्रणी क्षेत्र भन्ने नै छैन । जस्तैः काठमाडौं , भक्तपुरमा लगानी कर्ताहरु आएका छन् । तर हाम्रो ठाउँमा त्यो वाताबरण बन्न सकेको छैन । अहिले सरकारको स्वीकृती लिएर बस्ती नभएको ठाउँमा २÷४ वर्षपछि फ्याक्ट्री स्थापना भइसकेर बस्तीहरु बढिसकेको हुन्छ । त्यो बस्तीबाट फ्याक्ट्री बन्द गर्नुप¥यो भनेर आवाज र दबाब आउँछ । त्यसैले हामीले के गरेका छौं भने हामीलाई अग्रणी क्षेत्र हामीलाई चाहियो, सरकारसँग त्यो क्षेत्रको लागि लविङ गर्न सक्यो भने यहाँ लगानीकर्ताहरु धेरै पनि आउँछन्, त्यसमा सप्तरी जिल्लाका सबैले आफ्नो पार्टनरशीपमा जान सक्ने वाताबरण बन्न सक्छ ।
सप्तरी उद्योग वाणिज्य संघ राजविराजमा मात्र सीमित भयो भन्ने आरोप छ ? यसको लागि तपाई के गर्नु हुन्छ ।
यो कुरा साँच्चै नै हो । सप्तरी उद्योग वाणिज्य संघ भनेको सबैको साझा थलो हो, छाता संगठन हो । सबैलाई भूमिका चाहिन्छ तर अहिले के भइरहेको छ भने सप्तरी उद्योग वाणिज्य राजविराजमा मात्र हुनुपर्छ भन्ने भइरहेको छ । सप्तरी उद्योग वाणिज्य संघ राजविराजको मात्र होइन भन्ने हेतुले पनि प्रतिनिधित्व गर्नलाई मैले उम्मेदवारी दिएको हुँ ।
सप्तरी उद्योग बाणिज्य संघमा ५ हजार सदस्य रहेकोमा १३ मात्र नविकरण किन भयो ?
यो कुरा सत्य हो । ५ हजार क्रियाशिल सदस्य व्यपारी मित्रहरु रहेपनि बर्तमान कार्यसमितिको लापर्वाहीले नविकरण हुन सकेको छैनन । यसको पछाडी उनीले सिमित नेतृत्वको दायरमा पालै पिच्छे पदमा बस्ने रणनिति नै तयार गरेको देखिन्छ । होइन भने हाल १८ हजार करको प्यान लिएका व्यपारीहरु रहेका छन । यो अवस्थामा पनि सदस्यता नबढनु र नविकरण समेत नहुनु पछाडीको कारण आम व्यपारीले प्रष्ट बुझन सकिन्छ ।
सरकारी तहमा उद्योगी व्यवसायीहरु जाँदा भोग्नुपर्ने समस्या समाधानको लागि के पहल गर्नुहुन्छ ?
यो करको कुराहरु नबुझेर समस्या झेल्नुपरेको हो । कोहि व्यापारीलाई समस्या प¥यो, कर बढी लगायो भने उनीहरुले उद्योग वाणिज्य संघमा गएर समस्याको समाधान खोज्नु पर्यो तर त्यो भएको देखिएनन । म अध्यक्ष भएँ पछि व्यवसायीहरुको घरदलौमा नै गएर फेस टु फेस कुरा गराएर समाधान गराउने छु ।
अन्त्यमा, तपाईंका मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
उहाँहरुलाई म के अनुरोध गर्न चाहन्छु भने विगत वर्षदेखि व्यपार क्षेत्रमा योगदान रहेको छु । यसलाई मध्यनजर गरी योगदान गरेकोलाई विजयी गराइदिनुस्, तपाईंहरुको समस्यालाई हातेमालो गरेर म आफैं हिँड्नेछु भन्ने प्रतिबद्धता दिन चाहन्छु ।







