जनकपुरधाम । धनुषाको औरही गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह र उपाध्यक्षमा पुनमकुमारी साह निर्वाचित भएका छन् ।
अध्यक्षमा साह ३ हजा ३ सय २६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ब्रहमदेव यादवले २ हजा ९ सय २३ मत ल्याए ।
उपाध्यक्षमा एमालेकै पुनमकुमारी साह २९ सय ४९ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी रिंकीकुमारी मण्डलले २ हजार ७ सय ९० मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको