विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नागेश कोइरालाले फराकिलो मतान्तर बनाइरहेका छन् । पछिल्लो मत परिणामअनुसार २८०८९ मतगणना हुँदा कोइरालाले हालसम्ममा ९ हजार मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ६ हजार ६६७ मत ल्याएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८२५ मत ल्याएका छन् भने प्रल्हाद साहले १८८८ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले ७ हजार ६४६ मत ल्याउँदा गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले ४ हजार ८४४ मत पाएका छन् । राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले २ हजार ३०२ मत पाएकी छिन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने १ हजार ६६६९ मत प्राप्त गरेकी छिन् ।–रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको