जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदो प्रतिनिधि सभाको चुनावमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन् ।
बुधवार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताए । नेता
कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधि सभाको सिट बाँडफाँट भइसकेपछि प्रदेश सभाको सिट बाँडफाँटमा कुराकानी हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको