सिरहा । सिरहाको औरही गाउँपालिकामा स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास (हर्ड नेपाल) राजविराजद्धारा डेंगु नियन्त्रण्का लागि अल्फासाइपरमेथ्रिन औषधी घर–घर गई छिर्कदैँ गरेको छ । औरही गाउँपालिकाको आयोजनामा सुरु डेंगु नियन्त्रणका लागि औषधी छिर्कने कार्यका दर्जन भन्दा दढी स्वंयमसेवक परिचालन गरेको र गाउँपालिका भित्रका ४८ सय घरधुरीका ३० हजार जनसंख्या लभांवित हुने औरही गाउँपालिका स्वास्थ्य शाखा संयोजक उपेन्द्र यादवले बताए ।
देशको विभिन्न भागमा डेंगुले पारिरहेको प्रभावबाट गाउँपालिका बासिलाई बचाउन र जनचेतना जगाउन हामीले अहिले घर–घर औषधी छिर्काई रहेको गाउँपालिका अध्यक्ष शिवजी यादवले बताए ।
डेंगु, कलाजर र मलेरियको सचेतनाका लागि जनचेतनामूलक साम्रगी छपाई वितरण गरेको साथै गाउँपालिका स्तरीय, वडा स्तरीय अभिमूखिकरण गरि लामखुट्टे मार्न विसादी औषधी छिर्कन स्वयमंसेवक परिचालन गरि घर, ढल, पानी जम्मा हुने ठाउँमा तीव्र गतिमा स्थानीय संग समन्वय गरि गाउँपालिकाको पाँच वटै वडामा भई रहेको हर्ड नेपलका अध्यक्ष राकेश यादवले बताए ।
एडिज जातको लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु सो जातको लामखुट्टे नियन्त्रण गर्न पन्ध्र लिटर पानीमा एक पुरिया अल्फासाइपरमेथ्रिन हाली स्प्रेपम्फले औषधी छिर्कने कार्य गरि रहेको औषधी छिर्कने समयमा सानो बालबालिका, घरमा भएका अन्नपात छोप्न लगाउने गरेको हर्ड नेपालका सुपरभाईजर मनोज कुमार यादवले बताए ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको