काठमाडौं । १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने तयारी गर्नुभएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा नेपाली कांग्रेबाट शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, नेकपा एसबाट माधवकुमार नेपाल, जसपाबाट राजेन्द्र श्रेष्ठ, जनमतका अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेसपाका बाबुराम भट्टराई, आमत जनता पार्टीका प्रभु शाह, जनमोर्चाका चित्रबहादुर केसी छन् ।
प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा सहमति जुटे आजै मन्त्रिमण्डल विस्तार तथा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी छ ।
मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि साझेदार दलका नेतासँग वान टु वान भेट गरिसकेका छन् ।
हिजो देउवा, माधव नेपालसहितको तीनजनाको बैठकमा आज बेलुकी गठबन्धनको संयुक्त बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो ।







