विराटनगर । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास, राजविराज (हर्ड नेपाल) को तेश्रो वार्षिक सभा शनिवार बिराटनगर महानगरपालिकाको कञ्चनजंगा पार्टी प्यालेसको सभाहलमा संस्थाका अध्यक्ष राकेश कुमार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
वि.सं. २०७७ सालमा स्थापना भई हर्ड नेपालले कोशी प्रदेश, मधेश प्रदेश तथा बागमती प्रदेशमा स्थानीय सरकार सँग समन्वय गर्दै आफना स्वयंसेवकहरु मर्फत स्वास्थ्य तथा पोषण सहायता, सामान्य तथा आपतकालिन अवस्थामा मानविय सहायताका कार्यहरु, बालबालिका तथा किशोरकिशोरीहरुमा गुणस्तरिय शिक्षाको पहुँचका कार्यक्रम, जिविकोपार्जनका लागि कृषि तथा समुदाय स्तरमा उद्दमशिलता विकास क्षेत्रमा अनुसन्धानको लक्ष्य राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
यस संस्थाले स्थानिय स्वयंसेवकहरु छनौट गरि मुख्यतः कोभिड रेस्पोन्स र सचेतीकरण, सिमा क्षेत्रका हेल्थ डेस्कमा सहायता, स्वास्थ्य शिविर सञ्चालन, किशोरकिशोरी लक्षित महिनावारी स्वच्छता, रक्तदान, स्वास्थ्य तथा पोषण, स्पोन्सरशिप शिक्षा र मातृ नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रम संचालन गरिरहेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि बर्जु गाउपलिकको अध्यक्ष जिवछ राय, बिशिस्ट अतिथिमा बुढीगंगा गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगरले शुभकामना मन्तब्य दिदैँ संस्थाले गरेको कामलाई उच्च प्रशंशा गर्दै आउने आर्थिक बर्षमा पनि गाउँ पालिकाहरुमा सहकार्य गरेर आगामी दिनमा काम गर्नको लागि समेत प्रतिबध्ता व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा जिल्ला जन-स्वास्थ्य कार्यालय मोरंगका प्रमुख डा. सुरेश मेहता, समाजसेवी गोबिन्द प्रसाद पोख्रेल लगायत गैर सरकारी संस्था र सरोकारवाला निकायका उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा हर्ड नेपालले आ.व. २०७९/८० मा संचालन गरेका कार्यक्रमहरुको प्रगति, आम्दानी र खर्च बिबरण हर्ड टिम लिडर ज्ञानु गौतमले प्रस्तुतीकरण गर्नु भएको थियो ।
उक्त साधारण सभाबाट नयाँ कार्यकारी संचालक समिति गठन गर्नु भएको छ । गठित संचालक समितिका अध्यक्षमा राकेश कुमार यादव, उपाध्यक्ष वरुण कुमार सिंह , सचिव रेखा कुमार गुप्ता, कोषाअध्यक्ष अंजु कुमारी शाक्य रहेको छ । भने गठित समितिले आउने २ बर्षको लागि अझ प्रभावकारी बनाई समुदाय स्तरमा काम काज संचालन गर्न लाई योजना सहित प्रस्तुत गर्नु भएको थियो ।
बर्ष भरिमा उत्कृस्ट काम गर्ने कर्मचारी ज्ञानु गौतम, पशुपति चौधरी र रामविलाश चौधरी पनि मेडल प्रमाण पत्र दिएर सम्मान गरेका थियो । भने संस्थामा कार्य गरि रहेका स्वमंसेवकहलाई प्रमाण पत्र र खादा लगाएर प्रशंशा सहित सम्मान गरेका थिए । संस्थाले बर्जु गाउँपालिका र बुढीगंगा गाउँपालिकालाई पनि मायाको चिनो र प्रमाण पत्र दिएर सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको