राजविराज । स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसंधान विकास नेपालले बिहीबार सप्तरीको महदेवा गाउँपालिका १ चिम्टीका अग्निपीडितहरुलाई राहत वितरण गरेको छ ।
संस्थाले राहत स्वरुप त्यहाँका ७० घर दुरी भएका अग्निपीडित परिवारजनलाई २५ केजी चामल, ५ केजी दाल, ३ केजी नुन, ३ लिटर खाने तेल, दुई वटा बेङिंग ४ थान झुल, खानेपानिको लागि दुई वटा ड्रम, १५० लिटरको कुकर लगायतका सामग्रीहरु उपलब्ध गराएका हुन् ।
‘अहिले प्रचण्ड गर्मी छ, लु चलेको अवस्था रहेको देखेर अग्निीपीडितहरुलाई प्रति परिवारका दरले सामग्री उपलब्ध गराएको संस्थाका कर्मचारी राकेश यादवले जानकारी दिए ।
बैशाख १८ मा त्यहाँ भिषण आगलागी हुँदा ६६ परिवारका एक सय भन्दा बढी घर जलेर खरानी भएको थियो ।
राहत वितरण कार्यक्रममा पालिकाका अध्यक्ष सुनिल कुमार मण्डल, वडा अध्यक्ष जयश्वर किशोर दास लगायतकाले राहत सामग्री वितरण गरेका थिए ।











