बोदे बरसाईन । सशस्त्र प्रहरीले अवैध गोदाममा छापा केही समानहरु बरामद गरेको छ ।
सप्तरीको बोदे बरसाईन नगरपालिका- ५ मा रहेका अबैध गोदाममा छापामारी २ लाख ७२ हजारको सामान बरामद गरेको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदिप पौडेलको कमान्डमा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र राजविराज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा अवैध रूपले राखिएको गोदाममा छापा मारेको हो । सशस्त्र प्रहरीको टोलीले गोदममा छापा खानतालाासी गर्न आएको स्वीको पाएपछि गोदामका संचालकाले ताल्चा लगाएर फरार भएको थियो । पछि प्रहरीले तल्चा फुटाएर अवैध रुपमा राखिएको समान बरामद गरिएको हो ।
सो क्रममा चिनी, मसुरो दाल, मेदा, सर्फ, बिस्कुट बच्चाले लाउने कपाडा तथा अन्य अवैध सामान बरामद सशस्त्र प्रहरीले जनाएको छ।
मो. रहमुलको बोदे बरसाईन बजारमा प्रवेज किरना पसल संचालक हुन् । उसैको गोदाम रहेको स्थानीयहरुले बताए ।
बरामद सामानमा २६ बोरा चिनी, ८ बोरा मसुरो दाल, १ सण ८५ किलो सर्फ, बिस्कुट, बच्चाले लगाउने कपडा तीन पोका तथा अन्य समान अवैध रूपले गोदाम गरी राखिएको २ लाख ७२ हजार समान बरामद गरिएको राजविराज भन्सार कार्यालयले जनाएको छ ।
राजविराज भन्सार कार्यालयकाका सूचना अधिकारी नायव सुब्वा अजय प्रसाद भगतका अनुसार सशस्त्र प्रहरीले दिएको जनाकारी अनुसार संयुक्त टोलीले स्थानीय मो.रहमुलको घरबाट भन्सार छली गरि अवैध रुपमा स्टोर गरी राखिएको समान बरामद गरिएको हो । उहाँले भने हामी समान नियन्त्रणमा लिई अनुसन्धान गरि रहेका छौं । ‘‘अनुसन्धानको क्रममा जो दोषी हुन्छ हामी भन्सारको कानुन अनुसार कार्वाही गर्छौ उनले भने ।”
राजविराज बडी भन्सार कार्यालय बाहेक जिल्लामा तीन वटा मात्र छोटी भन्सार कार्यालय बेल्ही, कुसहा, गोबिन्दपुर संचालनमा रहेको छ । भने अन्य चार वटा छोटी भन्सार कार्यालय रामनगर कोदरकट्टी, सुभरनपट्टी, हनुमानगर,बनैनयाँ बन्द रहेकोले जिल्लामा व्यापक रुपमा तस्करीका समान भित्रिने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
25
2
1
1
1
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost