राजविराज । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्वबियू) को सभापति पदका लागि ७ जनाले उम्मेदबारी दिएका छन् ।
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट सभापति पदमा ७ जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) र जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनबाट दुई÷दुई जनाले सभापति पदका लागि उम्मेदबारी दिएका छन् ।
एमाले निकट अनेरास्ववियुबाट मनिषाकुमारी साह, जनमत निकट विद्यार्थी जनमत संघबाट त्रिवेणीकुमार यादव र अखिल क्रान्तिकारीबाट राकेशकुमार यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेवि संघबाट नितिशकुमार यादव र ओमशंकर साहले उम्मेदबारी दिँदा समाजवादी विद्यार्थी युनियन नेपालका तर्फबाट रन्जितकुमार यादव र विनयकुमार यादवले उम्मेदवारी दिएका छन् ।
निर्वाचन प्रमुख नन्दकिशोर यादवका अनुसार सचिव पदमा ५ र कोषाध्यक्ष पदमा ४ जनाले उम्मेदबारी दिएका छन् ।
सभापतिसहित १० पदमा हुने प्रत्यक्ष निर्वाचनतर्फ कुल ५२ जनाले उम्मेदबारी दिएको निर्वाचन प्रमुख यादवले बताए । बाँकी ९ पदमा समानुपातिक निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको