काठमाडौं ।  अन्तर्राष्ट्रिय उत्कृष्टता सेवा पुरस्कारबाट तराई मधेस महिला फाउन्डेशन नेपालकी अध्यक्ष नेतृ सुनिता साह सहित १५ जना भारतको कलकत्तामा सम्मानित भएका छन ।

अन्तर्राष्ट्रिय उत्कृष्टता सेवा पुरस्कार तथा International excellency service award  अवार्डले सम्मानित गरिएको हो । सुनिता सहितका लाई नेपाली टोपि , खादा , माला लगाएर  सम्मान गरेको फाउन्डेसनले जनाएको छ ।

उक्त कार्यक्रममा सहभागीहरुले  नेपाल भारत बिचको सम्बन्ध अझ सुमधुर बनाउनुपर्नेमा जोड  दिएका थिए ।   ग्लोबल मानव अधिकार संरक्षण मञ्चका संस्थापक सह अध्यक्ष महानन्द सरकार दत्तको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता डा. विजय कस्तुरे (महाराष्ट्र)   (GHRPF)) का राज्य निर्देशक डा. प्रकाश रामभाउ खण्डग, डा. मुकुल चक्रवर्ती सचिव, शैली शपथ, कोलकाता  कब्यगुरु डा. अजित दत्त प्रसिद्ध कवि, आसाम, कवि अशोक चक्रवर्ती, कोलकाता लगायतकाहरुले नेपाल भारतको विषयमा आ आफ्नो मनतव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
1
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको