मास्टर साहाब
राजविराज । सिटिजन्स बैंक राजविराजले वार्षिकोत्सवको अवसरमा आईतवार रकदान कार्यक्रम गरेको छ ।
सप्तरीमा ७ वटा शाखा मार्फत सेवा प्रदान गर्दे आएको सिटिजन्स बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
वैंकका कलष्टर प्रमुख प्रकाश नेपाल सहित राजविराज शाखाका १६ जना कर्मचारीले रक्तदान गरेको शाखा प्रमुख राजकुमार यादवले जानकारी दिए ।
सप्तरीका ७ वटा शाखा र सिरहाका १ वटा गरि ८ वटा शाखाका ७० जना कर्मचारीको सहभागितामा विहानै प्रभातफेरी निकालिएको र त्यसपछि नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्तदान गरि १८औं वाषिकोत्सव मनाइएको उनले बताए ।
राजाविराज शाखावाट ३० हजार गरि जिल्लाको ७ वटै शाखा मार्फत एक लाख सेवाग्राही लाई सेवा दिदै आएको सिटिजनस वैंकको देश भरिमा दुई सय शाखा संचालनमा रहेको शाखा प्रमुख यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको