जनकपुरधाम । नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । भोलाले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले मात्र २०० मत पाएका हुन् ।
रघुवीर महासेठ समूहले बनाएको प्यानलनै विजयी भएको बताइएको छ । यता लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबाट प्रतिस्पर्धामा उत्रेका थिए ।
उपाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले मात्र १६० मत पाए। यस्तै सचिवमा दिपनारायण ठाकुर बाजी मारे। उनीसँग प्रतिस्पर्धा गरेका धिरेन्द्र मण्डलले २२५ मत ल्याए।
यस्तै पुरुषतर्फ उपसचिवमा ३८० मतसहित सबिनविक्रम थापा र महिलातर्फ उपसचिवमा ३९१ मतसहित रुपाकुमारी मिश्रा निर्वाचित भएकी छन्। पुरुषतर्फका प्रतिस्पर्धी हरिकिशोर यादव १९५ र महिलातर्फ किरण कापर १८४ मत पाएको निर्वाचन समितिले जनाएको छ।
पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो। ६२८ मतदातामध्ये ६१५ मतदाताले मतदान गरेका थिए। सदस्यहरूको परिणाम घोषणा गर्न बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको