काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को अग्रता बनाएको छ ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा भइरहेको खेलमा नेपालका कुसुम खतिवडाले २ गोल गरिन् ।
पूर्णिमा राई र सरिता कुमारी नाथले १/१ गोल थपिन् । जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ ।
जसमा नेपालले श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरेको थियो भने भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो।
नेपाल बंगलादेशसँग ३९२ गोल अन्तरले पराजित हुन पुग्यो। त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ।







