एजेन्सी । भारतका दिग्गज स्पिनर रविचन्द्रन अश्विनले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्यास लिएका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत् यसको जानकारी दिएका हुन्।
अश्विनले लेखेका छन्- ‘भन्ने गरिन्छ, प्रत्येक अन्त्य नयाँ सुरुवात हो। एक आईपीएल खेलाडीको रूपमा मेरो समय आज सकिएको छ, तर विदेशी लिगमा खेल्ने मेरो यात्रा आजदेखि सुरु भएको छ। यी वर्षहरूमा बनेका सुन्दर सम्झना र सम्बन्धका लागि सबै फ्रेन्चाइजीलाई धन्यवाद दिन चाहन्छु। सबैभन्दा महत्वपूर्ण धन्यवाद आईपीएल र बीसीसीआईलाई, जसले मलाई निरन्तर मौका दिए। अब जे अगाडि छ, त्यसलाई आनन्दपूर्वक स्वीकार्दै पूरा लाभ लिन उत्साहित छु।’
यस वर्ष २० मेमा उनले आईपीएल को अन्तिम खेल खेलेका थिए। उनलाई टिमले रिलिज गर्ने चर्चा पनि चलिरहेको थियो। अश्विनले आईपीएलमा पाँच फरक-फरक टिमबाट खेलेका छन्।
अश्विनले आईपीएलमा २२१ खेल खेल्दै १८७ विकेट लिएका छन् (इकोनोमी रेट ७.२९) उनले ८३३ रन समेत बनाएका छन्, स्ट्राइक रेट ११८ सहित । पछिल्लो सिजनमा उनले सीएसकेका लागि ९ खेल खेले ।
सीएसकेले उनलाई मेगा अक्सनमा ९.७५ करोड रुपैयाँमा खरिद गरेको थियो। यससँगै उनी ९ वर्षपछि आफ्नो होम फ्रेन्चाइजीतर्फ फर्किएका थिए।
सन् २०१६ देखि २०२४ सम्म उनले दिल्ली क्यापिटल्स, पन्जाब किङ्ग्स र राजस्थान रोयल्सका लागि खेलेका थिए। आईपीएल करियरको सुरुवात उनले सीएसकैबाटै गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको