काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दैछ ।
बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।
बैठकमा शुक्रबारदेखि आइतबारसम्म ललितपुरमा चल्ने विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।
यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुनेछ ।







