काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिदैछ।
त्रिवि शिक्षण अस्पतालबाट १० शहीदको पार्थिव शरीर नगर परिक्रमा सहित एअरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको छ ।
४ जनाको अन्त्येष्टि पशुपतिमा गरिनेछ भने बाँकी ६ पार्थिव शरीर सेनाको हेलिकप्टरबाट शहीदहरूको जन्मथलो लग्ने आफन्तजनले जानकारी दिएका छन् ।
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो । त्यसपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको