काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि पार्टीको काममा फर्किएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक सेनाको सुरक्षाबाट बाहिर आएका हुन् । जेनजी आन्दोलनपछि उग्र रूप लिएपछि सेनाको सुरक्षामा बसेका थिए ।
बाहिर आएलगत्तै आज कोटेश्वरमा आन्दोलनकारीले आगजनी र तोडफोड गरेको घर हेर्न पुगे। प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरिदिएका थिए ।
यस्तै अध्यक्ष नेपालसँग उपमहासचिव मेटमणि चौधरी, पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठलगायत साथमा थिए ।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नेपाली सेनाले सुरक्षा दिई राखेका तत्कालीन मन्त्रीहरू बाहिर निस्कन थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको