काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा रहेको मन्त्रीको कार्यकक्ष बन्द गर्न निर्देशन दिएका छन् । यसअघिका ऊर्जामन्त्री दीपक खड्काले उक्त कार्यकक्ष बनाउन लगाएका थिए ।
विद्युत् प्राधिकरण प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्री कार्यकक्ष तत्काल बन्द गरी उक्त स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न मगंलबार निर्देशन दिएका हुन् ।
यसअघिका ऊर्जामन्त्री खड्काले रातारात उक्त कार्यकक्ष बनाउन लगाएका थिए । घिसिङ कार्यकारी निर्देशक रहँदा खड्काले मन्त्रीकक्ष बनाउन लगाउँदा दुईबीचको सम्बन्ध बिग्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको