काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको जारी श्रृङ्खलामा आज नेपालले यूएईसँग खेल्दैछ।
नेपाल र यूएईबीचको खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाली समयअनुसार ११ः१५ बजेदेखि सुरु हुनेछ ।
नेपालले जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग ठूलो अन्तरको हार बेहोरेको थियो। त्यस्तै, यूएईले पनि पहिलो खेलमा अमेरिकासँग हार बेहोरेको थियो।
आज दुबै टोली जारी श्रृङ्खलाको पहिलो जितको खोजीमा हुनेछन् ।
जारी श्रृङ्खलाको अंकतालिका हेर्ने हो भने नेपाल १७ खेलमा १२ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ। समान १७ खेल खेलेको यूएई ६ अङ्क जोड्दै पुछारमा रहेको छ।







