काठमाडौं । दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
नवी मुम्बईमा हिजो भएको फाईनलमा दुई सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै दुई सय ४६ रनमा समेटियो ।
भारतकी दीप्ति शर्माले शानदार बलिङ गर्दै पाँच विकेट लिइन् । दक्षिण अफ्रिकाकी कप्तान लौरा वोलवाड्र्टले उत्कृष्ट १०१ रन बनाइन् ।
त्यसअघि भारतले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ९८ रन बनाएको थियो । भारतका सफाली वर्मा र दीप्ती शर्माले अर्धशतक बनाए । सफालीले ८७ र दीप्तिले ५८ रन बनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको