काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल आईसीसी एकेडेमीमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालको यो अन्तिम खेल हो । यूएई, नेपाल र अमेरिकाबीच श्रृंखला भएको हो ।

नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले र अमेरिकासँगकै अर्को खेलमा चार विकेटले पराजित भएको थियो भने यूएईसँगको खेलमा यसअघि पाँच विकेटले पराजित भएको थियो । नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

अमेरिका २३ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा र १९ खेलमा ८ अंकसहित यूएई अंक तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको