जनकपुरधाम । जनकपुरधाममा जारी साताव्यापी रामजानकी विवाह महोत्सवको पाँचौँ दिन सोमबार मटकोर विधि गरिँदैछ । चौथो दिन तिलकोत्सव विधि पूरा भएसँगै पाँचौँ दिन मटकोर गर्न लागिएको हो।
मटकोर विधिमा पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ। महोत्तरीको मटिहानीमा मटकोर विधि गरिन्छ।
त्रेतायुगमा अयोध्याका राजकुमार राम र मिथिला नरेश जनककी पुत्री सीताको विवाह जनकपुरमा गरिँदा यज्ञवेदी बनाउन मटिहानीबाट माटो खनिएको विश्वास गरिन्छ।
यसै विश्वासले मटिहानीमा विवाहको एक दिनअघि ‘मटकोर’ उत्सव गरिने लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णवले बताए।
रामसीता विवाह सम्पन्न भएपछि रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको