काठमाडौं । चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रहनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलको मंगलबारको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाउन सफल भए ।
चितवनका लागि डेभिड मलानले सार्वधिक ८० रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । अर्जुन साउदले ३९ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । चितवनका कप्तान कुशल मल्लले ३० रन बनाएका थिए ।







