काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको सामान्य लक्ष्य दिएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमको ब्याटिङ लाइनअप लुम्बिनीका बलरसामु ध्वस्त बन्दा टोली १९.१ ओभरमा ८५ रनमै अलआउट भयो।

सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० बलमा एक छक्कासहित १३ रन जोडे । हर्मित सिंहले ११ बलमा एक छक्कासहित १० रन थपे ।

आठ बलमा एक छक्कासहित स्कट कुग्गेलिनले पनि १० रन बनाए । सुदूरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।ओपनर विनोद भण्डारी दुई बलको सामना गर्दा ‘डक’ भए । दीपक बोहरा र पुनित मेहरा ‘गोल्डेन डक’ भए । सेल्डन ज्याक्सनले एक र आरिफ सेखले ६ रन जोडे ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३/३ विकेट लिए ।

आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ । लुम्बिनीको नेतृत्व राष्ट्रिय टोलीका कप्तान रहेका रोहितकुमार पौडेलले र सुदूरपश्चिमको नेतृत्व राष्ट्रिय टोलीका उपकप्तान रहेका दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् ।

एनपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट एक जना नेपाली खेलाडीले पुरस्कारका रूपमा कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको