काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ ।

लुम्बिनीले शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो ।

सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३र३ विकेट लिए ।

पहिलो संस्करणमा तालिकाको पुछारमा रहेर लिग चरणबाटै बाहिरिएको लुम्बिनीले यस पटक उपाधि जित्यो । सुदूरपश्चिम भने लगातार दोस्रो पटक उपविजेता बन्यो । सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

लुम्बिनीले एनपीएलको उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्रो भएको विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएको काठमान्डु गोर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको