राजविराज । सप्तरीमा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ । जिल्लाकाे कञ्चनपुर नगरपालिकाको वडा नम्बर १२ स्थित धरमपुरमा बेवारिसे अवस्थामा नवजात शिशु (बालिका) फेला परेको प्रहरीले जनाएकाे छ ।
शुक्रबार साँझ करिब ७ः३० बजेको समयमा स्थानिय मोहन खड्काको घरदेखि करिब ३० मिटर उत्तरतर्फ रहेको शौचालयको दाहिनेपट्टि अन्दाजी एक–दुई दिनकी नवजात शिशु रोइरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
सालनाल काटिएको, डाइपर लगाइएको र कपडामा बेरेर छाडिएको अवस्थामा शिशुलाई देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
हाल नवजात शिशुलाई मोहन खड्काको घरमा सुरक्षित राखिएको र अवस्था सामान्य रहेको छ । शिशुकाे विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।







