काठमाडौं । प्रभु बैंक लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुमन शर्मा नियुक्त भएका छन्।

मंगलबार बैंकको सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यसअघिका सीईओ अशोक शेरचनले राजीनामा दिएपछि प्रभु बैंकमा नेतृत्वको पद खाली रहेको थियो।

नवनियुक्त सीईओ शर्मासँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो कार्य अनुभव छ। जसमध्ये १० वर्षभन्दा बढी समय उनले उच्च व्यवस्थापन तहमा रहेर काम गरिसकेका छन्। उनीसँग यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको सीईओ भएर संस्थालाई नेतृत्व प्रदान गरेको अनुभव छ।

सनराइज बैंक लक्ष्मी बैंकसँग मर्जरमा गएपछि उनी केही समय बैंकिङ क्षेत्रबाट टाढा रहेका थिए। सो अवधिमा उनी प्राध्यापन पेसामा आबद्ध भएका थिए। यसका साथै उनले ग्लोबल आइएमई बैंकमा करिब एक वर्ष र एनएमबी बैंकमा पनि लामो समय काम गरिसकेका छन्।

शर्माले भौतिकशास्त्र, अर्थशास्त्र र व्यवस्थापन गरी तीन वटा फरक विधामा स्नातकोत्तर  तहको उपाधि हासिल गरेका छन्।

सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए हासिल गरेका शर्मा अर्थशास्त्र र एमबीए इन फाइनान्समा स्वर्ण पदक विजेता समेत हुन्

विगतको सफल कार्यकाल र लामो अनुभवका कारण शर्माको नेतृत्वमा प्रभु बैंकले थप उचाइ लिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको