काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि ६ विकेटको जित निकालेको छ ।

बिहीबार चेन्नईस्थित एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको क्यानडालाई नेपालले क्यानडालाई ६ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले १६१ रन बनाएको थियो। क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ‌ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि आसिफ शेख र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। आसिफ ५८ रन बनाएर रिटायर्ड आउट हुँदा सन्दीपले ४४ रन बनाए। यस्तै, गुल्शन झाले ३१, कुशल भुर्तेलले १२, दीपेन्द्र सिंह ऐरीले ९ र लोकेश बमले ५ रन बनाए।

बलिङतर्फ क्यानडाका जसकरण सिंह, साद बिन जफर र अजयवीर हुन्डालले एक–एक विकेट लिए।

पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन बनाएको थियो। उसका लागि नवनीत धलिवालले ४१, श्रेयस मोव्वाले ३८, कनवारपल तथ्गुरले २५ र जसकरण सिंहले २१ रन बनाए।

नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई–दुई तथा नन्दन यादव र सोमपाल कामीले एक–एक विकेट लिए।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई० माथि सात विकेटको जित हात पारेको थियो ।
नेपाल अब टी–२० विश्वकप खेल्न मुम्बई जानेछ। नेपालले विश्वकपको आफ्नो पहिलो खेलमा आइतबार इंग्ल्याण्डविरुद्ध खेल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको