काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्वस्थ बनेपछि उनलाई भेट्न वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ लामिछाने निवास पुगेका छन् ।
लामिछानेलाई केही दिनदेखि ज्वरो आइरहेको छ । चेकजाँचका क्रममा पिशाबमा इन्फेक्सन देखिएको थियो । उनी नियमित औषधि सेवन गरिरहेका छन्, तर, ज्वरो भने नरोकिएको प्रमुख स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका छन् ।
चिकित्सकले अझै एक–दुई दिन आराम गर्न सुझाव दिएकालले उनी घरमै बसेर आराम गरिरहेका छन् ।
भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका वरिष्ठ नेता शाह हिजो नै लामिछानेलाई भेट्न उनको निवासमै पुगेका हुन् । चुनावको नतिजापछि उनीहरुको पहिलोपटक भेट भएको हो ।
नेताद्वय रवि र बालेनबीच वान टु वान कुराकानी भएको थियो ।
समानुपातिकमा पठाउने उम्मेदवार तथा बालेन नेतृत्वको मन्त्रीपरिषदको विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ ।







