वीरगञ्ज । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडकमा आज बिहानै डोजर चलेको छ। मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा आइतबार बिहानैदेखि सडक दायाँ–बायाँका घरहरूमा डोजर चलाइएको हो।
गण्डक चोकदेखि वीरगञ्ज रक्सौल सीमामा पर्ने मितेरी पुलसम्म सडक विस्तारका लागि संरचनाहरू भत्काइने बताइएको छ। आज बिहान भने घन्टाघर क्षेत्रमा डोजर चलाइएको हो।
आइतबार बिहान साढे ४ बजेदेखि वीरगञ्जमा सडक क्षेत्र अतिक्रमण गरेर बनाइएको संरचनामा डोजर चलाइएको हो।
सडक विस्तारका लागि सडक डिभिजनका डोजर, जेसीबी र एक्साभेटर गरि ९ थान उपकरण र वीरगञ्ज महानगरपालिकाका ४ वटा डोजर परिचालन गरिएको छ।
सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न शनिबार माइकिङमार्फत सम्बन्धित पक्षहरूलाई जानकारी गराइएको थियो।
मुख्य सडकको केन्द्रदेखि दायाँ–बायाँ २५–२५ मिटरभित्र पर्ने सबै संरचना हटाइनेछ। सडक डिभिजन कार्यालयले जिल्ला सुरक्षा समिति र वीरगञ्ज महानगरपालिकासँग आवश्यक सहयोगका लागि समन्वय गर्नुका साथै बैठक बसेर आवश्यक रणनीति तय गरेको थियो।
जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै बैशाख ६ गते बिहान साढे ४ बजे भन्दा अगावै सडक क्षेत्र भित्र पर्ने संरचना, पसल, इत्यादी सरसमानहरु खाली गर्न भनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको