काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री सुधन गुरुङ प्रकरणबारे तत्काल स्पष्ट पार्न सरकारसँग माग गरेका छन् ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा गृहमन्त्री गुरुङले प्रत्यक्ष साझेदारी गरेको भेटिएपछि उक्त प्रकरणबारे अध्यक्ष लिङदेनले स्पष्ट गर्न माग गरेका हुन् ।
उनले भने- ‘सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चार माध्यममा जे आईराखेको छ । त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोजिसन क्लीयर गर्नुपर्छ । पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिसन क्लीयर गर्नुपर्छ ।’
सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चार माध्याममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने बताए ।
उनले थप भने- ‘अस्ती भर्खरै म लाईसेन्स नविकरण गर्न गएको थिए । लाईसेन्स पाईन तर बाँढीराखेको छ भनेर स्टन्ट गरिएको छ । अब त्यस्तो स्टन्टले देश चल्दैन ।’
उनले स्टन्टको भरमा देश नचल्ने भन्दै सरकारको आलोचना समेत गरे ।
भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियोे ।
अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने चौतर्फी माग उठ्न थालेको छ ।
यसअघि नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
त्यसअघि जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरिसकेको छ ।
यद्यपी गृहमन्त्री गुरुङले आफूमाथि लागेको आरोपबारे छानबिनका लागि सघाउन तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको