काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता निर्वाचनका लागि प्रथम नामावली प्रकाशित भएको छ।
पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले बिहीबार प्रथम नामावली प्रकाशित गरेको हो।
वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, ४–५ बजेसम्म मतदान हुने कार्यतालिकामा छ।
निर्वाचनको प्रक्रिया सुरु गरेर प्रथम नामावली प्रकाशित गरिएको हो।
कांग्रेसले सहमतिमै दलको नेता टुंग्याउनेगरी छलफल गरेपनि सहमति नजुटेपछि भोलि निर्वाचन गर्ने तयारी गरेको हो।
दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन्। यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा हार व्योहोरेको ३८ कांग्रेसमा प्रतिनिधिसभामा कांग्रेसका सामानुपातिक र प्रत्यक्षमा गरी ३८ सांसद छन् ।
पार्टीभित्रको आन्तरिक विवादका कारणले दलको नेता चयन गर्न ढिलाइ भएको थियो तर सर्वोच्चले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई नै मान्यता दिएपछि निर्वाचन प्रक्रिया अघि बढाएको हो।
संसदमा प्रतिनिधित्व गर्ने अन्य दल रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको