काठमाडौं । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिइएको छ ।

उनीहरुलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा। सुशील बज्राचार्यले शुक्रबार जिम्मेवारी दिएका हुन् । कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई दिएपछि उनले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी दिएका हुन ।

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएका थिए ।

तर, अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्राडा. दीपक अर्यालले राजीनामा दिएका थिए । उनीसँगै शिक्षाध्यक्ष प्राडा। खड्ग केसी र रजिस्ट्रार प्राडा। केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए ।

रिक्त रहेको पदमा तत्कालका लागि पदाधिकारी तोकिएका हुन् । यसैबीच विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको