राजविराज । सप्तरीको खडक नगरपालिका वडा नम्बर ५ रंजितपुरबाट लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । १४३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका वडा नम्रब १ बस्ने ३१ बर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका वडा नम्बर ५ बस्ने ४७ वर्षीय बल बहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी विसनपुरबाट खटिएको प्रहरीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई चेक जाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाई छिपाई राखेको १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महाप्रसाद र पिकअपमा सवार बल बहादुरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको