एजेन्सी । ओमानको समुद्री क्षेत्र नजिक भारतीय झण्डावाहक मालवाहक जहाजमाथि भएको आक्रमणपछि जहाज डुबेको छ ।

भारत सरकारले घटनाको कडा निन्दा गर्दै व्यावसायिक जहाज र नाविकलाई निशाना बनाउने गतिविधि अस्वीकार्य भएको जनाएको छ ।

भारतको विदेश मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा बुधबार बिहान ओमानको तटनजिक भएको उक्त आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समुद्री सुरक्षामाथिको चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।

आक्रमणमा परेको जहाजको नाम ‘हाजी अली’ रहेको भारतले पुष्टि गरेको छ। बन्दरगाह, परिवहन तथा जल यातायात मन्त्रालयका अनुसार काठले बनेको मोटरचालित उक्त जहाज सोमालियाबाट संयुक्त अरब इमिरेट्सको शारजाहतर्फ गइरहेको बेला १३ मे बिहान ओमानको समुद्री क्षेत्रमा आक्रमणमा परेको थियो।

मन्त्रालयका सचिव मुकेश मंगलका अनुसार आक्रमणपछि जहाजमा आगलागी भएको थियो र केही समयपछि समुद्रमा डुबेको थियो।

जहाजमा सवार १४ जना भारतीय चालक दलका सदस्यलाई ओमान कोस्ट गार्डले सकुशल उद्धार गरी डिब्बा बन्दरगाह पुर्‍याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको