काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफुलाई थप शक्तिशाली बनाउने प्रयास गरेका छन् ।
जस अन्तर्गत उनले देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत लगेका छन्।
बुधबार पारित भएको कार्यसम्पादन नियमावलीमार्फत विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो।
यसअघि २०७४ सालमा केपी शर्मा ओलीले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्दा ठूलो आलोचना भएको थियो। बालेनले पनि ओलीकै शैली अपनाएका छन्।







