काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति जिम्मेवार नभएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका साम्पाङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप लगाएका हुन् ।

प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलगायतका मन्त्रीहरू संसद्मा उपस्थित नहुनु प्रतिनिधिसभा सञ्चालन नियमावलीविपरीत रहेको बताउँदै विज्ञप्तिमा भनिएको छ- ‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू संसद्मा उपस्थित नहुनु र उठेका प्रश्नहरूको जवाफ नदिनुले विधि सम्मत संसद् चलिरहेको छैन भन्ने पुष्टि हुन्छ । यो प्रतिनिधि सभा सञ्चालन नियमावली १५९२० को बर्खिलाप हो ।’

संसद्मा आएका मन्त्रीहरूले पनि स्पष्ट जवाफ नदिएको र थप प्रश्न सोध्न खोज्दा सभामुखले रोक लगाएको भन्दै उनले असन्तुष्टि जनाए ।

‘सदन भनेकै जनताका प्रश्नहरू सोध्ने र जनहितमा नियम कानुन बनाउने ठाउँ हो, तर प्रश्न सोध्न नदिनु आपत्तिजनक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

राईले संसद् जनताका सवाल उठाउने र कानुन निर्माण गर्ने थलो भएकाले प्रश्न गर्न नदिनु गलत भएको बताए ।

सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाउँदै राईले गत बैशाख २८ र २९ गते राखेका कुनै पनि प्रश्नको उत्तर सरकारले नदिएको दाबी गरेका छन् ।

उनले यस घटनालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा कालोधब्बाको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको