काठमाडौं । विपक्षी दलहरुको नाराबाजीबीच प्रतिनिधिसभाबाट ३ विधेयक स्वीकृत भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको रोष्टममा नाराबाजीबीच बिहीबारको प्रतिनिधिसभा बैठकबाट ३ विधेयक स्वीकृत भएका हुन् ।

स्वीकृत विधेयकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३,’ ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ रहेका छन् ।

प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेलामा सभामुख डोलप्रसाद अर्यालले बहुमतको आधारमा स्वीकृत भएको घोषणा गरेका हुन् ।

विधेयकमाथि कुनै सांसद छलफलमा सहभागी भएनन्। तर विपक्षीले प्रधानमन्त्री आउनुपर्ने अडान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको