राजविराज । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको विभेदकारी नीति विरुद्ध आज नेपाल पत्रकार महासंघले देशव्यापी हस्ताक्षर संकलन गरेको छ ।
सरकारको उक्त निर्णय फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघले सरकार विरुद्ध देशव्यापी अभियान अन्तर्गत आज महासंघका सबैशाखा कार्यालयबाट हस्ताक्षर संकलन शुरु गरेको हो ।
केन्द्रीय समितिको निर्देशनमा शाखाहरुद्वारा आयोजित हस्ताक्षर संकलनका कार्यक्रममा शाखा कार्यालयमा पुगेर पत्रकारहरुले हस्ताक्षर गरेका छन् । आज १० बजे देखि शुरु भएको हस्ताक्षर संकलन कार्यक्रममा जिल्लाका पत्रकारहरुले सहभागीता जनाएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण कुमार देवले बताए ।
केन्द्रीय परिपत्र अनुसार हस्ताक्षर संकलन गर्ने कार्यक्रममा सहभागी भई पत्रकारहरुले ऐक्याबध्ता जनाएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको