काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई आफ्नो सम्पत्ति विवरण स्पष्ट पारेका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले सम्पत्ति छानबिन आयोग आफ्नो सम्पती विवरण नबुझाउने स्पष्ट पारेका हुन् ।
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई सो–कल्डको संज्ञा दिँदै ओलीले भने- ‘त्यस्ता सो–कल्डआयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ ।’
अध्यक्ष ओलीले प्रतिशोधका आधारमा हुने कुनैपनि छानबिनमा सहभागी नहुने अडान छ ।
उनले थप भने- ‘मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,’ उनले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?।’
साथै आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि उनले बताए







