काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुखसँग भेटवार्ता गरेका छन् ।

मन्त्री खनालले विदेश विभाग प्रमुख डा।विजय चौथाईवालेसँग आज दिल्लीमा भेट गरेका हुन् ।

भेटमा नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउने, जनस्तरमा आपसी सम्पर्क बढाउने र राजनीतिक दल–स्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

भारतीय विदेश मन्त्री डा.एस. जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणका लागि मन्त्री खनाल शुक्रबार नयाँ दिल्ली पुगेका मन्त्री खनालले यसअघि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट गरेका थिए ।

यसपछि मन्त्री खनालले भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्य तालिका छ । भेटका क्रममा नेपाल(भारत सम्बन्धका विविध आयाम र साझा हितका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

नेपाल र भारतबीच पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार, सीमापार पूर्वाधार विकास, रेल तथा सडक सञ्जाल विस्तारलगायतका क्षेत्रमा सहकार्य बढ्दै गएको सन्दर्भमा यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको