राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा सञ्चालन हुने भनिएको दुईदिने क्षयरोग (टीबी) सम्बन्धी कार्यक्रम एकै दिनमा सम्पन्न गरिएको भन्दै आर्थिक अनियमितताको आरोप लागेको छ।

नगरपालिकाका एक स्वास्थ्य अधिकृतले सामाजिक सञ्जालमार्फत जेठ २२ र २३ गतेका लागि तय गरिएको कार्यक्रम एक दिनमै सकिएको दाबी गर्दै स्वास्थ्य शाखा प्रमुख शिवशंकर ठाकुर र महेश पण्डितमाथि बजेट दुरुपयोग तथा भ्रष्टाचार गरेको आरोप लगाएका छन्।

उक्त आरोप सार्वजनिक भएपछि घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग माग गरिएको छ। हाल आरोपबारे नगरपालिकाको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको