मोरङ। मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकबाट लागूऔषध ९ब्राउन सुगर०सहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चालक उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२ण्०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा केशवको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम लागू औषध ९ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागू औषध फेला परेको छ ।

हाल दुवै जनालाई लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको