काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तापक्षलाई परिपक्व व्यवहार देखाउन सुझाव दिएका छन् ।
सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा अध्यक्ष लिङ्देनले यस्तो दिएका हुन् ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले भने- ‘संसद्मा प्रतिपक्ष गणितका हिसाबले कमजोर छ। वैदेशिक सम्बन्धमा अपरिपक्व व्यवहार देखाउन भएन । सरकाले गर्ने गलत क्रियाकलाप देशले व्यहोर्नुपर्छ।’
सरकारले वैदेशिक मामिलामा अपरिपक्व व्यवहार देखाउन नहुनेमा उनले जोड दिए । सरकारका गलत क्रियाकलापका भारी देशले व्यहोर्नुपर्ने बैठकमा उनको भनाइ थियो ।
यस्तै उनले सिंहदरबारमा बसेको बैठकमा लामिछानेले सत्तापक्षको भारत भ्रमणका विषयमा जानकारी गराएको बताए ।
प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सर्वदलीय बैठक बोलाइएको उल्लेख गर्दै उनले भने- ‘निर्वाचनपछि पहिलोपटक बोलाउनुभयो । भारत भ्रमणको जानकारी र सरकारलाई सुझाव माग्नुभयो । भारत भ्रमणअघि बैठक राखेको भए राम्रो हुन्थ्यो भन्ने सुझाव दियौँ ।’







